माघ २९ देखि डडेल्धुरा मेडिकल कलेजको कक्षा सञ्चालन हुने

डडेल्धुरा- सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजले माघ अन्तिम देखि कक्षा सञ्चालन गर्ने भएको छ ।

कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै अब कक्षा सञ्चालनको तयारी गरेको हो । सञ्चालन अनुमति पाएर छात्रवृत्तिका विद्यार्थी भर्नासमेत भइसकेपछि माघ २९ गते देखि कक्षा सञ्चालन हुने भएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात विद्यार्थी भर्ना भए सँगै माघ २९ गते देखि कक्षा सञ्चालन हुने जानकारी दिए । १० जनाको कोटा पाएकोमा बाँकी तीन जनाले भने शुल्क तिरेर पढ्न पाउने उपकुलपति जोशीले बताए ।

विशिष्ट सेवा सहितको संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई नै सरकारले मेडिकल कलेज घोषणा गरेको हो । तर, डडेल्धुरा अस्पताल अहिले १ सय शय्याको स्वीकृत दरबन्दी अनुसार सञ्चालन भइरहेको छ ।

विशिष्ट सेवा सहितको संघीय अस्पताल भए पनि दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै रहेको छ । उपकुलपति जोशीले डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले मेडिकल कलेजमा अध्यापन र मेडिकल कलेजमा अध्यापन गराउने अध्यापकले डडेल्धुरा अस्पतालमा सेवा प्रदान गर्ने गरी मापदण्ड बनाउने पनि तयारी रहेको बताए । डडेल्धुरा सहित सुदूर पहाडका अस्पतालमा दरबन्दी अनुसार चिकित्सक लगायत स्वास्थ्यकर्मी नहुँदा समस्या छ ।

Loading...