डोटी- डोटी दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयका एक शिक्षकले राति आफ्नै विद्यार्थीलाई कुटेको घटना बाहिर आएको छ ।



प्राविधिक शिक्षालयका शिक्षक मन्दिप कुँवर मदिरा सेवन गरेर शनिबार राति करिब १२ बजे दिपायल-सिलगढी नगरपालिका-४ जोगिडाव्रेस्थित विद्यार्थीहरुको डेरामा पसेर हातपात गरेको विषय बाहिर आएको हो।



घटनामा शिक्षक कुँवरले एक विद्यार्थीको मोबाइल समेत फुटाएको पीडितको गुनासो छ । केही समय पहिले विद्यार्थीहरुबिच झडप हुँदा शिक्षक कुँवरले साम्य गराउने क्रममा विद्यार्थीहरुसँग विवाद भएको थियो ।
सोही विवादको विषयलाई लिएर शिक्षक कुँवर राति विद्यार्थीको कोठाभित्र पसेर हातपात गर्ने काम भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले विवाद समाधानको कुरा भएपनि रातिको समयमा विद्यार्थीको कोठाभित्र पस्नु शिक्षक कुँवरको गल्ती भएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।




