डोटीमा जीपबाट खसेर एक प्रहरी घाइते

डोटी- डोटीमा जीपबाट खसेर नेपाल प्रहरीका एक जना सहायक हवल्दार घाइते भएका छन् । घाइते हुनेमा डडेल्धुराको अजयमेरु गाउँपालिका २ रोल्लीका गम्भीर सिं साहु रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ ।

Malpot office dadeldhura

उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । शनिवार अपराह्न साहु जीपको पछाडिबाट सडकमा खसेको बताइएको छ । जिल्ला सदरमुकाम सिलगढीबाट १५ जना बोकेर पूर्वीचौकी साझघाट जाँदै गरेको से १ ज ७७३ नम्बरको जीपबाट सहायक हवल्दार साहु पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर १ बुढाबाँज भन्ने स्थानमा खसेका थिए ।

जीपमा अन्य १४ जना सवार सकुशल रहेका छन् । जीप चालक पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका उदय सिं नेगीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जानकारी दिएको छ । चालकले मादक पदार्थ सेवन गरेर जीप चलाएको पाइएकाले घटनाबारे थप अनुसन्धान भइरहेको श्रीवास्तवले जानकारी दिए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...