धनगढीको सौंराइ स्क्वायरमा पुष १५ साँझ आयोजना हुँदै

धनगढी- अंग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमा ‘न्यू इयर इभ २०२४’ इन्डोर (हलभित्र) आयोजना हुने भएको छ । धनगढीस्थित शहीद गेटमा रहेको सौंराइ स्क्वायरको आयोजनामा न्यू इयर इभ हुने भएको हो ।

जाडो मौसमलाई मध्यनजर गर्दै हलभित्र न्यू इभ इयरको आयोजना गरिएको सौंराइ स्क्वायरका सञ्चालक उमेश विक्रम शाहले जानकारी दिए । उनले भने, ‘बाहिर कार्यक्रम गर्दा तराईमा सित लहर पर्ने सम्भावना छ । सित लहर र जाडोबाट बच्नका लागि हामी हलभित्र कार्यक्रम आयोजना गरेका हौँ ।’

Bhancha ghar0

उक्त कार्यक्रम सौंराइ स्क्वायरमा ३१ डिसेम्बर अर्थात पुस १५ गते साँझ ७ बजेदेखि राति १२ बजेसम्म आयोजना हुने जनाइएको छ ।

कार्यक्रममा काठमाडौंबाट चर्चित डिजे श्रेया, चर्चित डान्सर मोडेल सदिच्छा चौधरी, शुसिला कार्की, कोपीला सिंह, नेहेल्जा चौधरी, गायक सनम परियार, किरन नेपाली साथमा नाइन एक्स डान्स एकेडेमी लगायतको प्रस्तुति रहनेछ ।

कार्यक्रममा प्रवेश शुल्क ५ सय र ३ सय तोकिएको छ । ५ सयको टिकट काट्नेलाई एउटा बियर सित्तैमा दिइने आयोजकले जनाएको छ ।

कार्यक्रमको मुख्य प्रायोजकमा टुबोर्ग बियर, सह-प्रायोजकमा द हिमालयन रिजर्ब, सेतो बाग भोड्का, वल्ड मोंक रम रहेका छन् । इन्टरनेट पार्टनरमा वर्ड लिंक र मिडिया पार्टनरमा नयाँ सन्देश रहेको छ ।

Loading...