भौतिक पूर्वाधार विकास मन्त्री देउवाले गरे डडेल्धुरा क्याम्पस भवनकाे उद्घाटन

डडेल्धुरा– भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले डडेल्धुरा बहुमुखी क्याम्पसको भवन उद्घाटन गरेका छन्। बिहीवार एक कार्यक्रमका बीच मन्त्री देउवाले नव निर्मित क्याम्पस भवनको उद्घाटन गरेका हुन्।

भवन उद्घाटन गर्दै मन्त्री देउवाले क्याम्पस सुधारमा सबैले लाग्नुपर्ने बताएका छन्। उनले क्याम्पसको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्।

Navadurga sun

मन्त्री देउवाले विगतमा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढी भए पनि अहिले संख्या घटेकाले क्याम्पसको वृहत्तर विकासका लागि सबैको प्रयासमा प्रदेश सरकारको सहयोग रहने बताए। नव निर्मित क्याम्पस भवन त्रिभुवन विश्वविद्यालयको एक करोडको लागतमा तयार भएको हो।

भवन उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपने र क्याम्पस प्रमुख गङ्गा उप्रेतीसहित प्राध्यापक, विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको थियो।

क्याम्पस भवन उद्घाटन पश्चात् मन्त्री देउवाले डडेल्धुराको बागबजारमा भएको आगलागीको निरीक्षण पनि गरेका छन् । देउवा चार दिने कार्यक्रम बनाएर पहाडी जिल्लाको भ्रमणमा छन्। उनले डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा प्रदेश सरकारबाट सञ्चालित विकास आयोजनाको अनुगमन, निरीक्षण गर्ने कार्यक्रम रहेको छ। मन्त्री देउवाले बिहीवार नै डोटीको शिखर नगरपालिका वडा नम्बर १ मा रहेको केदारेश्वर माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका छन्।

मन्त्री देउवाले पुस १२ देखि १५ सम्म डोटी, अछाम र बाजुरा जिल्लामा पूर्वाधार विकासका योजनाको अनुगमन गर्ने छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...