कञ्चनपुरमा एसइई आइडलको २ अडिसन सम्पन्न

कञ्चनपुर- कञ्चनपुरमा एसइई आइडलको २ अडिसन सम्पन्न भएका छन् । बिहीबार सुप प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसइई आइडल ३ का दुई अडिसन कञ्चनपुरको पुर्नवास नगरपालिकामा सम्पन्न भएका छन् ।

पुर्नवासको अमरबस्तीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा आइडलको पन्ध्रौँ र र भिमबस्तीमा रहेको विजय माध्यमिक विद्यालयमा सोह्रौँ अडिसन सम्पन्न भएका हुन् । बिहीबार दुवै अडिसनमा नृत्य र गायन विधामा १५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् । सहभागी विद्यार्थीहरूलाई छात्रवृत्ति कुपन र सहयोगी पुस्तिका प्रदान गरिएको छ ।

Malpot office dadeldhura

एसइई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरूमा अडिसनहरूमा आयोजना गरिनेछ । यसवर्ष एसइई दिने विद्यार्थीहरूले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत वर्ष जस्तै नृत्य र गायन प्रतिभाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् ।

भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरूले २०८१ असार १ गते हुने फाई नलमा प्रवेश पाउनेछन् । फाइनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशः ५०-५० हजार रुपैयाँ र २५-२५ हजार रुपैयाँ सहित कक्षा ११ र १२ मा पूणर् छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

थप अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन इच्छुक विद्यार्थी तथा विद्यालयहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरू भव्य रूपले आयोजना गरी सकेको छ । मुख्य प्रवर्द्धकका रूपमा प्रदेश युवा परिषद्, सुप रहेको एसइई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न सङ्घसंस्थाको पनि विशेष सहयोग रहेको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...