धनगढीमा स्टेपिङ स्टोन जुनियर कप क्रिकेट प्रतियोगिता हुने

धनगढी- धनगढीमा स्टेपिङ स्टोन जुनियर कप क्रिकेट प्रतियोगिता हुने भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा पुस १४ गतेदेखी स्टेपिङ स्टोन जुनियर कप क्रिकेट प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको क्रिकेट मैदानमा पौष १४ गते देखी २१ गते सम्म सञ्चालन हुने जनाएको छ ।

प्रतियोगितामा सहभागी विद्यालयले कक्षा ८ भन्दा माथिका विद्यार्थि राख्न नपाउने धनगढी क्रिकेट एकेडेमिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने धनगढी क्रिकेट एकेडेमीका निर्देशक समुयल न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित क्रिकेट एकेडेमीमा निशुल्क भर्ना र ४ महिनाको छात्रवृत्ति पाउने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट बलरले नगद १ हजार सहित क्रिकेट एकेडेमीमा निशुल्क भर्ना र २ महिनाको छात्रवृत्ति पाउने छन् भने उदयमान खेलाडीले क्रिकेट एकेडेमीमा निशुल्क भर्ना एवं ट्रफि,मेडल र प्रमाणपत्र पाउने धनगढी क्रिकेट एकेडेमीका निर्देशक न्यौपानेले बताए । प्रतियोगितालाईं धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ ।

स्कुलका संस्थापक तथा प्राचार्य राम जी हमालले सुदूरपश्चिम क्रिकेटको उर्बर भूमी रहेकाले यहाँका बालबालिकाहरुमा ग्रास रुट लेभलको क्रिकेट विकासका लागि आफूहरुले सहकार्य गरेको बताए । धनगढी क्रिकेट एकेडेमी डिसीएका संस्थापक, निर्देशक धिरेन्द्र साउँदले प्रतियोगिताले नयाँ खेलाडी निकाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Loading...