परशुराम तिर्थमा आध्यात्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रम हुने

डडेल्धुरा– सुदूरपश्चिमकै प्रसिद्ध धार्मीक स्थल परशुराम तिर्थमा आध्यात्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । डडेल्धुराको परशुराम नगरपालीका ५ परीगाउँमा अवस्थित भगवान परशुरामको जन्मस्थल परशुराम तिर्थमा मकर संक्रान्तिका दिन आध्यात्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रम हुने भएको हो ।

Ganyapdhura gau

विश्व हिन्दु युवा संघ डडेल्धुराको आयोजनामा यहि पौष २९ गते र माघ १ गतेका दिन मकर महास्नानको अवसरमा मकर मेलालाई उत्सवका रूपमा मनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको विश्व हिन्दु युवा संघ डडेल्धुराका अध्यक्ष मोहन ऐर (रोहन) ले बताए ।

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

बुधबार बसेको विश्व हिन्द युवा संघको बैठकले उक्त कार्यक्रम गर्ने सम्बन्धमा निर्णय गरेको हो । सास्कृतिक कार्यक्रमका लागि विभिन्न निकायसंग आर्थिक, भूौतिक, नैतिक सहयोगका लागी पनी अनुरोध गरीएको छ।

परशुराम तिर्थमा आयोजना हुने आध्यात्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रममा विभिन्न व्यक्तीहरुबाट आध्यात्मिक प्रवचन, परशुराम तिर्थमा अखण्ड ध्वनी भजन कृतन रहने पनी अध्यक्ष ऐरले बताए।

साथै बुधबार बसेको बैठकमा केही दिन अगाडि भारतको पिथौरागढबाट एकलभव्यको देश (कविता) भन्ने कृति कविताबाट सम्मानित हुनुभएका विश्व हिन्दू युवा सङ्घका केन्द्रीय सदस्य कैलाश कुमार पाण्डेय र विश्व हिन्दु युवा संघ डडेल्धुरा का सल्लाहकार जनक बिस्ट लाई विश्व हिन्दु युवा संघ जिल्ला कार्यसमिति डडेल्धुराद्वारा प्रशंसा पत्र र खादामाला लगाई सम्मान गरिएको छ ।

Couple
Loading...