घर जल्दा ४ महिने शिशुको मृत्यु

दार्चुला– दार्चुलमा घर जलेर एक शिशुको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ३ हापरीमा एक घरमा आगलागी हुँदा चार महिने शिशुको मृत्यु भएको छ ।

Bhancha ghar0

बुधवार साँझ साढे ७ बजेतिर स्थानीय रणवीर टमटाको घरमा आगलागी हुँदा उनका ४ महिनाका छोरा विजय प्रकाशको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द भण्डारीले बताए ।

विद्युत सर्ट भएर घरमा आगो लाग्दा टमटाको २ तले ६ कोठे घर जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै जलेको प्रहरी निरीक्षक भण्डारीले बताए ।

Loading...