भवन पुनःउद्घाटन नगराउन एमालेका जनप्रतिनिधिको ध्यानाकर्षण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटन नगराउन नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् । बुधबार नगर प्रमुख विरेन्द्र भट्टको कार्यकक्षमा पुगेर उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

नगर उपप्रमुख शारदा देवी रोकायाको नेतृत्वमा ४ जना वडा अध्यक्ष सहित १७ वडा सदस्यहरुले हस्ताक्षर गरेर नगर प्रमुखलाई ध्यानाकर्षण बुझाएका छन् ।

Bhancha ghar0

एक स्थानीय सरकारले सम्पन्न गरीसकेको काम दोहोर्याएर गर्दा जनमानसमा नकरात्मक असर पर्ने एमाले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

एडिबीले निर्माण गरेको उक्त भवन निर्वतमान नगर प्रमुख हरि सिंह साउँदले २०७८ चैत्रमा उद्घाटन गरेका थिए । त्यो बेला भवन निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै कांग्रेसले विरोध जनाएको थियो ।

निर्माण सम्पन्न नहुँदै भवन उद्घाटन गरेको भन्दै कांग्रेस निकट एक युवाले उद्घाटनका क्रममा कालो झण्डा समेत देखाएका थिए ।

Loading...