धनगढी- कैलालीको धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउबाट १३ मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाँउका २३ वर्षीय सुबास रानासहित दुई जना मंगलवार दिउँसो पक्राउ परेका हुन् ।
प्रहरी चौकी कैलालीगाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

