धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका-२ बैयावेहडीबाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरिएको छ ।
वडा नम्बर-२ बैयावेहडी गाउँको एरियाबाट अन्दाजी १४०० लिटर अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ मंगलवार साँझ प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित मदिरा बनाउन प्रयोग गरिने भाडावर्तन समेत नियन्त्रणमा लिएको बताएको छ ।