कृष्णपुरका किसानलाई अनुदानमा मलखाद वितरण

कञ्चनपुर– कृष्णपुर नगरपालिकाका किसानहरुलाई अनुदानमा मलखाद (डिएपी) वितरण गरिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ को कार्यालयले बंक स्थित सालघारी र बनहराका बगरखेती गर्ने किसानहरुलाई नि:शुल्क अनुदानमा मंगलबार निःशुल्क रुपमा मलखाद वितरण गरेको हो ।

Bhancha ghar0

व्यावसायिक कृषि पेशाबाट वडा भित्रका किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप ८० जना किसानहरुलाई अनुदानमा वडा कार्यालयले मलखाद उपलब्ध गराएको वडाध्यक्ष अर्जुन साउँदले बताए ।

वडा कार्यालयले मलखाद संगै कृषि आधुनिकीकरण तथा यान्त्रिकरणको प्रयोग गरी खेती गर्दा लागत कम भई उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने गरी किसानहरुलाई कृषि उपकरणहरु समेत उपलब्ध गराउँदै आएको छ। वडा कार्यालयले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

Loading...