कैलालीका विभिन्न स्थानमा १३१ औ माओ दिवस मनाइयो

धनगढी- विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी कैलालीले १३१ औं माओ दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेर मनाएको छ । कैलालीको गौरिगंगा नगरपालिका चौमालामा माओ दिवसका अवसरमा शुभकामना आदानप्रदान गरि मनाएको हो ।

Malpot office dadeldhura

पश्चिम उत्तर कैलालीका सेक्रेटरी आव्हान सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौरिगङ्गा इन्चार्ज नन्द सी लगायत अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जोशीपुरमा सम्पन्न कार्यक्रममा मध्य कैलाली सेक्रेटरी जितु सी, जिल्ला सदस्य विष्णु सी लगायतले चिनिया जनवादी क्रान्तिलाई सफल पार्न माओको अतुलनीय योगदान रहेको चर्चा गरेका थिए । नेपालका कम्युनिस्ट पार्टीले डिसेम्बर २६ लाई माओ दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउदै आएका छन् ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...