नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क मञ्चमा खत्री निर्वाचित

काठमाडौँ– नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क मञ्चको अध्यक्षमा सुरत खत्री निर्वाचित भएका छन्। मञ्चको दोस्रो सम्मेलनमा उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

सोमबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन भएको हो। निवर्तमान सचिव रोशनदेव पन्त र सुरत खत्रीबिच निर्वाचन भएको थियो। अध्यक्ष पदका लागि निर्वाचन भए पनि अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो। उपाध्यक्षमा वीरसिंह धामी, सचिवमा इन्जिनियर खगेन्द्र कुमार साउँद, उपसचिवमा पार्वती कडायत र नरेश धमेना सर्वसम्मत निर्वाचित भएका छन्।

Navadurga sun

सदस्यहरूमा रुपेश साउद, सत्यकुमारी कुँवर, दीपेन्द्रसिंह ऐरी, किरणसिंह विष्ट, उर्मिला साउँद, सिङ्गलाल बोहरा, दिनेश बहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, नविनराज गिरी, कर्णसिंह विष्ट, पवित्रा साउँद, गीता महर, कुन्तिदेवी धामी र रमा कुँवर चयन भएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...