डोटी प्रहरीको नयाँ भवनहरूको उद्घाटन

डोटी- डोटी प्रहरीको नयाँ भवनहरूको उद्घाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटी परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको मङ्गलवार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले उद्घाटन गरेका हुन् ।

उनले नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका छन् । कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनेलाई प्रशंसा-पत्र प्रदान गरेका नेपाल प्रहरीले बताएको छ । कुँवरले समाजमा देखा पर्ने चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असर न्यूनीकरण प्रहरी तयाररहेको बताए । उनले विपद्का घटनाबाट उत्पन्न हुन सक्ने प्रतिकूल परिस्थिति र परिणामको अध्ययन, विश्लेषण गरी उपयुक्त सुरक्षा योजना तयार गरी प्रहरी जनशक्ति हरदम तयारी रहेको समेत बताए ।

Bhancha ghar0

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय निकायहरूसँगको सहकार्यमा जन अपेक्षा अनुरूपको प्रहरी सेवा प्रदान गरी समाजमा अशान्ति र अराजकता फैलाउने तथा आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति वा समूह विरुद्ध सशक्त रूपमा प्रस्तुत भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित सम्पूणर् प्रहरी कर्मचारीहरूलाई उनले निर्देशनसमेत दिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल र दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्काले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड ८ लाख ६३ हजार ४ सय ६४ रुपैयाँ लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

Loading...