बाजुरामा एक घरमा लागलागी हुँदा १८ लाखको क्षति

Bhancha ghar0

बाजुरा– बाजुरामा एक घरमा लागलागी भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ५ किम्नीका राम बहादुर बुढाको तीन तले घरमा आगलागी भएको हो । बुढाको घरमा विद्युत लाईन सट भएर आगलागी भएको बाजुरा प्रहरीले बताएको छ ।

मङ्गलवार बिहान खाना पकाउने क्रममा विद्युत लाईन सट भएर घरमा आगलागी भएको हो । स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । उनको घरमा भने पूर्ण क्षति भएको छ । घरमा रहेका लुगा कपडा, भाडाकुडाँ, अन्नपात लगायत सबै जलेर नष्ट हुँदा १८ लाखसम्मको क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।

Loading...