धनगढी ८ का एक वृद्ध ५ महिना देखि बेपत्ता

धनगढी- धनगढीबाट ५ महिना देखि एक वृद्ध बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका वडा नं. ८ नवदुर्गा टोलका ६८ वर्षीय पदमराज पाण्डे बेपत्ता भएका हुन् ।

Bhancha ghar0

औषधी लिन जान्छु भनि घरबाट निस्केका उनी अहिले सम्म फेला नपरेको उनका छोरा ओमप्रकाश पाण्डेले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा खाजीकार्यका लागि निवेदन दिए पनि अहिले सम्म फेला नपरेको पाण्डेले बताए । कसैले उनलाई देखे वा भेटेमा प्रहरी तथा ९८४८४२१४५१ मा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

Loading...