धनगढीको त्रिनगर माविको भवन निर्माण गर्न शिलान्यास

धनगढी- कैलालीको धनगढीमा त्रिनगर माविको भवन निर्माण गर्न शिलान्यास गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा हरेको त्रिनगर माध्यमिक विद्यालयको चार कोठे भवन निर्माण गर्न शिलान्यास गरिएको हो ।

Bhancha ghar0

कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा त्रिनगरका अध्यक्ष सुरेन्द्र चन्दले नयाँ भवन निर्माणका लागि शिलान्यास गरेका हुन् । उनले गत शनिवार भवन निर्माणको शिलान्यास गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ ।

त्रिनगर माध्यमिक विद्यालयमा १ करोड १ लाख ९२ हजार ४८ रुपैयाँको लागतमा नयाँ भवन निर्माणको काम सुरु भएको हो । धनगढी उपमहानगरपालिका र एस.बि कन्स्टक्सनका बिचमा कार्तिक १५ गते विद्यालयको भवन निर्माणका लागि सम्झौता भएको थियो । निर्माण कम्पनीले २०८१ पुस २९ गतेसम्म विद्यालयको निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

Loading...