डडेल्धुराको आलितालमा बृहत् सरसफाइ अभियान सम्पन्न

हरिश चन्द
डडेल्धुरा १० पुस- डडेल्धुराको आलिताल गाउँपालिकामा सञ्चालन त्रिदिवसीय ‘आलिताल बृहत् सरसफाइ अभियान’ सम्पन्न भएको छ । रणबम गण दह ब्यारेक डडेल्धुरा र आलिताल गाउँपालिकाको संयुक्त आयोजनामा शनिबारदेखि सुरु भएको ताल सरसफाइ अभियान सोमबार समापन भएको हो ।

Navadurga sun

‘हाम्रो आलिताल हाम्रो सान, पर्यटकीय विकासका लागि सामूहिक अभियान’ भन्ने मूल नारासहित पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा दिगो व्यवस्थापनको मुख्य उद्देश्यले तीन दिने ताल सरसफाई कार्यक्रम आयोजना सम्मपन्न गरिएको रणबम गण डडेल्धुराका सेनानि प्रबिन थापाले जानकारि दिए ।

ताल सरसफाई कार्यक्रममा डडेल्धुराको पर्यटकीय गन्तव्यको संरक्षण तथा प्रवर्द्धनमा हातेमालो गर्नका साथै सबै नागरिकले आफ्नो क्षेत्रवाट सहयोग गर्नुका लागि सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पर्ने सेनानि प्रबिन थापाले बताए  ।

सरसफाई कार्यक्रममा संघसंस्था, विद्यालय, राजनीतिक दल, वन उपभोक्ता समिति, समाजसेवी, पत्रकार, कर्मचारी, विद्यार्थी, आमा समूह सबैको सहभागिताका रहेको थियो । आलिताल पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्णे र प्रचुर सम्भावना बोकेको ताल हो ।

समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको ताललाई अझैं व्यवस्थित गर्न सके पर्यटकहरूको संख्या बढाउन सकिन्छ । एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ रहेको सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ। यस तालको वरिपरी सुन्दर हरियाली वनले ढाकेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...