वैवाहिक वर्षगाठको अवसर पारी कृष्णपुरका मेयर हमालद्धारा सेभ हाउसलाई सहयोग

अत्तरिया– आफ्नो वैवाहिक वर्षगाठको उपलक्ष्यमा अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले सहयोग गरेका छन । कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको अनाथ एवम् असहाय महिला तथा बालबालिकाहरुलाई संरक्षण दिदै आएको महिला तथा बालबालिका सेभ हाउसलाई मेयर हमालले आफ्नो १५ औं वैवाहिक वर्षगाठको उपलक्ष्यमा खाध्यान्न तथा फलफुल सहयोग गरेका हुन् ।

खाद्यान्नहरु नगरप्रमुख हमाल र उनकी धर्मपत्नी निर्मला हमालले महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरेका थिए भने फलफुलहरु आफैले सेभ हाउसका बालबालिकाहरुलाई दिएका थिए। उनले शुभ कार्यमा बिभिन्न खाले फर्जुल खर्च गर्नुभन्दा थारै भएपनि सेभ हाउसमा रहेका महिला तथा बालबालिका लागि भनेर सहयोग गर्न पाउँदा निकै खुसी लागेको मेयर हमालले बताए ।

Navadurga sun

उनले सेभ हाउसका अध्यक्ष लगाएतका पदाधिकारीहरुको प्रशंसा गर्दै सबै भन्दा ठूलो पुण्यको काम गरिरहेको भन्दै धन्यवाद समेत दिएका थिए । आगामी दिनहरुमा पनि आफ्नो ब्यक्तिगत र नगरपालिकाको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । आफ्नो वैवाहिक वर्षगाठ र महिला दिवसमा अबसरमा अत्तरियामा पुगेर सहयोग गरेको भन्दै सेभ हाउसकी अध्यक्ष मलासीले धन्यवाद समेत दिएकी छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...