सिटिइभिटीको परीक्षामा धनगढीका तीन विद्यार्थी टप

धनगढी- धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको धनगढी पोलिटेक्निक इन्ष्टिच्युटका ३ विद्यार्थीले सिटिइभिटीको परीक्षा टप गरेका छन् । होटेल व्यावस्थापनमा काशीराम खत्रीले सिटिइभिटी टप गरेका हुन् ।

Bhancha ghar0

पोलिटेक्निक इन्ष्टिच्युटबाट होटल व्यवस्थापनमा भीम जोशी दोस्रो र करन बहादुर पनाडी तेस्रो भएका छन् । उनीहरूले क्रमशः ७९ दशमलव ५७ प्रतिशत, ७७.५७ र ७७.४३ प्रतिशत अङ्क हासिल गरेका छन् ।

कलेजबाट यो वर्ष २२ जना होटेल व्यवस्थापन तर्फको वार्षिक परीक्षामा सम्मिलित भएका थिए । वार्षिक परीक्षामा १० जना उत्तीणर् भएका छन् ।

Loading...