सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन गर्न समिति गठन

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन/निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरिएको छ ।

सातै प्रदेशका लागि छुट्टाछुट्टै समिति गठन गरिएको हो । जस अनुसार राखेपका सदस्यलाई संयोजक तोकिएको छ र सातै समिति ३ सदस्यीय छन् ।

Navadurga sun

सुदूरपश्चिम प्रदेशमा एकेन्द्र कुँवर, गण्डकी प्रदेशमा राजेश गुरुङ, कणर्ाली प्रदेशमा प्रकाश कुमार कुसारी, बागमती प्रदेशमा पेमा डोल्मा लामा, कोशी प्रदेशमा अञ्जन धमला, लुम्बिनी प्रदेशमा एलबी क्षेत्री, मधेश प्रदेशमा मानदेव हजारा संयोजक छन् ।

गत चैत १८ गते सम्पन्न खेलकुद पूर्वाधार नीति संवाद- २०७९ मा निकालिएको निचोड अनुरुप सम्भावित संरचानाहरुको पहिचान गर्न, राखेप अन्तर्गत साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारको अध्ययन/निरीक्षण गर्नुका साथै प्रदेश सरकार, स्थानिय सरकार तथा खेलकुदसंग सरोकार पक्षसंग समन्वय गरी २१ दिनभित्र समितिले प्रतिवेदन बझाउनु पर्ने छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले समितिका संयोजकलाई आइतबार पत्र हस्तान्तरण गरेका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...