गोदावरी नगरपालिकामा बालविवाह निवारणमा लागि पैरवी कार्यक्रम

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा बालविवाह निवारणका लागि स्थानीय तहको प्रतिबद्धताका विषयमा पैरवी कार्यक्रम आयोजना गरिएको छ । निड्स नेपालको बालविवाह निवारण परियोजनाको आयोजनामा पालिका स्तरीय पैरवी कार्यक्रम आयोजना गरिएको हो ।

Bhancha ghar0

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले नेपालमा बालबालिका तथा बालविवाहको अवस्था र बालविवाह निवारण परियोजना संयोजक टेक विकले परियोजनाले नगरस्तरमा गर्ने कामका बारेमा प्रस्तुतिकरण राखेका थिए ।

कार्यक्रममा सहभागित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीले सबै खाले बाल हिंसा, बालश्रम, बालविवाह निवारण गर्नको लागि स्थानीय तहबाट प्रतिवद्धता गरेका थिए ।बालविवाह निवारण परियोजना गोदावरीका ६ वटा वडाहरुमा संचालन गरिएको परियोजना संयोजक विकले बताएका छन ।

Loading...