अछामका कृषक अदुवाको बजार खोज्दै

अछाम- अछामका चार पालिकामा यस वर्ष १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । जिल्लाको पञ्चदेवल विनायक, कमलबजार, साफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाका कृषकले अदुवाको उत्पादन गरेका हुन् ।

Ganyapdhura gau

चार पालिकाका करिब एक हजार दुई सय भन्दा बढी कृषकले यस वर्ष प्रतिव्यक्ति १५० किलोग्रामभन्दा बढी अदुवा उत्पादन गरेका छन् ।
चार वटै पालिकामा कृषक समूह बनाएर अदुवा खेती भइरहेको छ । पञ्चदेवल विनायक नगरपालिका-१ की अदुवा उत्पादक कृषक नामसरा देवकोटाले आफ्नो समूहका २२ जना महिलाले अदुवा उत्पादन गरेको बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनका अनुसार समूहका कृषकले साढे तीन मेट्रिक टन बराबरको अदुवा उत्पादन गरेका छन् । चार वटै पालिकामा ५४ वटा कृषक समूहले अदुवा उत्पादन गरेका हुन ।

कृषकले उत्पादन गरेको अदुवाको बजारीकरणमा भने कृषकलाई सास्ती भएको छ । एकै पटक ठुलो मात्रामा अदुवा उत्पादन भएपछि स्थानीय बजारमा खपत हुन नसक्दा बिक्रीमा समस्या भएको हो । मेल्लेख गाउँपालिका-१ की अदुवा कृषक कमलाकुमारी साउद धामीले उत्पादन गरेको अदुवाले बजार नपाएको गुनासो गरिन् ।

मेल्लेख गाउँपालिका-५ का कृषक दीर्घराज अधिकारीले आफूहरूले उत्पादन गरेको अदुवाले बजार नपाउँदा समस्या भएको बताए । उत्पादन भएको अदुवा स्थानीय बजारमा खपत नहुँदा अछामका कृषक बजार जिल्ला बाहिर अदुवाको बजार खोज्न थालेका छन् ।

Couple
Loading...