कैलालीको बर्दगोरिया-४ मा जग्गा नाप नक्साको काम सुरु

कैलाली- बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा जग्गाको नाप नक्साको काम सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै पालिका अध्यक्ष कणर् बहादुर कुँवरले नाप नक्साको काम सुरुवात भएको जानकारी गराएका हुन् ।

भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्ने कार्य अनुरुप जग्गा नाप नक्साको काम सुरु भएको हो ।

बर्दगोरियामा जग्गा नाप नक्साको काम १, २, ३, ५, र ६ वडामा सम्पन्न भए पछि वडा नम्बर ४ मा शुक्रबार बाट जग्गाको नाप नक्साको कार्य सुरु भएको हो ।

शुक्रबार वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए ।

पालिकाले जति सक्दो चाडो जग्गा नाप नक्साको काम सक्ने सोही अनुसार लालपुर्जा बितरण गर्ने पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए । आफुले चुनाताका बेला बोलेका कुरालाई बिस्तारै पूरा गर्दै अगाडि बढेको बताए ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गोबिन्द बिक, कार्यपालिका सदस्य पुष्कर बिक, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पालिका अध्यक्ष कणर् बहादुर कुँवरले जग्गा नाप नक्सा गर्ने कर्मचारीलाई सहयोग गर्न सम्पुणर् स्थानिय वासीलाई आग्रह समेत गर्नु भएको छ । उनले भने, ‘हामीले सबै वडामा जग्गा नाप नक्साको काम सकाएका छौ बाकी रहेको यहि ४ नम्बर हो सबैले साथ सहयोग गरे पुस महिनामा सकिन्छ ।’

समापन गर्दै वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहिले जग्गा नाप नक्सा गर्ने कर्मचारीहरुलाई सबैले सहयोग गरेर चाडो भन्दा चाडो सक्न तर्फ सहयोग गर्नु पर्ने बताए । उनले भने स-साना कुरामा बिबाद नगरी जग्गा नाप नक्सा गर्ने कार्यमा सहज बाताबरण बनाउन सबैलाई आग्रह गरे ।

वडा सदस्य अशोक चौधरीले स्वागत गरेको कार्यक्रमको संचालन कर्मचारी करिश्मा चौधरीले गरेकी थिइन् ।

Loading...