बिद्यार्थीहरूलाई ट्रयाक सुट लगायत शैक्षिक समाग्री बितरण

डडेल्धुरा- डडेल्धुराको पर्शुराम नगरपालिका वडा नं ७ मा रहेको श्री सिद्धनाथ माध्यमिक विद्यालयका अत्ति बिपन्न, गरिब तथा जेहन्दार बिद्यार्थीहरूलाई ट्रयाक सुट, स्कुल ब्याग, शैक्षिक समाग्रीहरु बितरण गरिएको छ। लालीगुरास नेपाली रेस्टुरेन्ट साउदी अरब बथाको सहयोगमा कञ्चनपुरको ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी अध्यक्ष समाजसेवी चाँदनी ऐरले सो शैक्षिक सामाग्री वितरण गरिएको हो ।

Bhancha ghar0

लालिगुरास नेपाली रेस्टुरेन्ट साउदी अरब बथाका संचालक यम बहादुर गुरुङ नेपालमा मात्रै नभएर बिदेशमा कैयौं अलपत्र नेपाली युवाहरुको उद्दार पनि गर्दै आउनु भएको र जिम्मेवार व्यक्तित्वहरुले गर्न नसकेको सहयोग पनि एक जनाले गर्दै आउनुभएको समाजसेवी चादनी ऐरले जानकारी दिए ।

चौराह स्पोर्ट्स एसोसिएसनका संस्थापक अध्यक्ष समाजसेवी दिनेश अवस्थीको समन्वयमा भएको कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, वडा सदस्य, शिक्षक शिक्षिका, अभिभावकहरू लगायत समाजसेवी डा. कृष्ण दत्त जोशी बोक्सर, समाजसेवी वीर बहादुर बोहरा, समाजसेवी कृष्ण चन्द लगायतको सहभागिता रहेको थियो ।

Loading...