बिष्णु ऐडीको वियोगान्त ‘स्वर्ग भेट होला कि’ गितको भिडियो सार्वजनिक

धनगढी- कलाकार बिष्णु ऐडीको वियोगान्त ‘स्वर्ग भेट होला कि’ गितको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार धनगढीमा एक कार्यक्रमको आयोजना गरि भिडियो सार्वजनिक गरिएको हो । वरिस्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले भिडियो प्ले गरेर सार्वजनिक गरेका हुन । ऐडीले आफ्नी स्वर्गीय धर्म पत्नी उज्वला देबी ऐडीको सम्झनामा गित निर्माण गरेका हुन ।

Bhancha ghar0

उज्वलाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । सुदूर धमाका युटुब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।

भिम थापा नायकले सृजना गरेको उक्त गितको भिडियो निर्देशन भिम थापाले गरेका हुन । गितमा प्रकाश थापा र गौरी भट्टले स्वर दिएका छन् । गितमा अभिनय रोजी कुँवर र बिष्णु ऐडीले गरेका छन् । ऐडी नेपाली काँग्रेस बझाङका युबा नेता तथा तरुण दलका केन्द्रिय सदस्य समेत हुन ।

Loading...