सुदूरपश्चिम महोत्सव सम्पन्न

धनगढी- मंसिर २२ देखि पुस २ गते सम्म आयोजना गर्ने भनिएको महोत्सव दर्शकहरुको मागका कारण ३ दिन थप गरेर बिहीबार समापन भएको छ ।

Malpot office dadeldhura

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गतेबाट सुरु भएको १७ औँ सुदूरपश्चिम महोत्सव २०८० बिहीबार सम्पन्न भएको हो । उक्त महोत्सव धनगढी उपमहानगरपालिका-१ पशुपति टोलमा सञ्चालन गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेको महोत्सवको समापन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समापन गरेका हुन् ।

महोत्सवमा आयोजक उद्योग वाणिज्य संघले १० करोड बराबरको कारोबार हुने आँकलन गरेको थियो । महोत्सवमा भएको कारोबारको बारेमा केहि दिनमै सार्वजनिक गर्ने उद्योग बाणिज्य संघले जनाएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...