कोरोना खोप भेरोसेल खरीदका लागि सम्झौता (बिज्ञप्ति सहित)

काठमाडौं, १८ असार– सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएका छन् । २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि जानकारी दिएका हुन् ।

तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाएका छैनन् । अधिकारीहरूका अनुसार ४० लाख डोज खरिदका लागि सम्झौता भएको छ । मन्त्रालयका उच्च अधिकारीले भने– ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको भएकाले थप कुराहरु भन्न मिल्दैन ।’

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

मन्त्रालयका ती अधिकारीका अनुसार पछिल्लो २ साता चीनसँग ननडिस्कोजेवल एग्रिमेण्ट गर्न सरकारले पहल गरिरहेको थियो । नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएको थियो । खोप खरीदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको अधिकारीहरू बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस बिज्ञप्ति:

 

 

Loading...