कैलालीमा कस्तुरीको बिना सहित १ पक्राउ

धनगढी– कैलालीमा संरक्षित वन्यजन्तु कस्तुरीको बिना सहित १ जनालाई पक्राउ गरिएको छ । प्रदेश प्रहरी कार्यालयको टोलीले चुरे गाउँपालिकाको सहजपुरबाट २ थान कस्तुरीको बिना सहित सोही ठाउँ बस्ने ४५ वर्षीय दान बहादुर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।

Loading...