धनगढी स्पेलबान्ड च्यालेन्ज आयोजना हुने

धनगढी– एसपीए कलेजको एकेडेमिक क्लबको आयोजनामा धनगढी स्पेलबान्ड च्यालेन्ज आयोजना हुने भएको छ । विद्यार्थीहरुको भाषागत क्षमताको प्रतिस्पर्धा हुने प्रतियोगितामा कैलाली र कञ्चनपुरका २० भन्दा बढी विद्यालयहरुले सहभागिता जनाउने एसपीएको एकेडेमीक क्लबले जनाएको छ ।

Bhancha ghar0

प्रतियोगिता यही माघ ७ गते देखि हुनेछ । प्रतियोगितामा शब्द सँगै चित्रको सही पहिचान, हिज्जे उच्चारण लगायतका राउण्डहरु हुनेछन् । प्रतियोगिता मार्फत विद्यार्थीहरुले आफूमा भएको भाषागत क्षमताहरु सबै सामु प्रस्तुत गर्ने मौका पाउने एसपीए एकेडेमिक क्लबका अध्यक्ष रमित ढुंगानाले बताए ।

धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा हुन लागिको स्पेल बाउन्डमा एसपीए कलेज, अमेरिकन कर्नर धनगढी, नेल्टा तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले सहयोग गरेका छन् ।

Loading...