कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारु

धनगढी- कैलालीमा अवरुद्ध पूर्व पश्चिम राजमार्ग सुचारु भएको छ । जिल्लाको साडेपानीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका भोजबहादुर शाहीको घटनाको छानबिनको माग गर्दै अवरुद्ध गरिएको राजमार्ग सुचारु भएको हो ।

Bhancha ghar0

मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका – १ स्थित जङ्गल रिसोर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–२ विशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको थियो ।

प्रहरीले मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको जनाए पनि स्थानीयले भने गाडीले ठक्कर दिएर दुर्घटना भएको भन्दै छानविनको माग गरेका थिए । प्रहरीले घटनाको छानबिन गर्ने सहमति पछि राजमार्ग सुचारु भएको हो ।

मृतकका आफन्तले बाग्मती प्रदेश ०१०२९ च ३८८७ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ । प्रहरीले जाहेरी अनुसार अनुसन्धान गरिने जनाएको छ ।

 

Loading...