झुलाघाट बजार सुनसान

बैतडी- भारतसँग सिमाना जोडिएको एकमात्रै झुलाघाट बजारमा २०६१ सालदेखि व्यापार गर्दै आएका कम्मानसिंह ऐरी आजभोलि बिहान ढिलोगरी पसल खोल्छन्। एक समय बिहानै ६ नबज्दै पसल खोलेर व्यापारमा व्यस्त हुने ऐरीलाई आजभोलिका दिनमा घाम तापेरै दिन जान्छ।

Ganyapdhura gau

‘मान्छेहरूको आउजाउनै छैन, के गर्ने पसल खोलेर पनि, बजार निकै सुस्त छ,’ निरास हँदै ऐरीले भने। कोरोना संकटदेखि सुस्ताएको झुलाघाट बजार उक्सन नै सकेको छैन। लामो समयसम्मको लकडाउनका कारण यहाँका व्यापारी पलायन हँदै गएको व्यापारी ऐरीको भनाइ छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कोरोनाकालको लामो समयसम्म रहेको लकडाउनपछि झुलाघाटमा व्यापार निकै घटेको अर्का व्यापारी प्रकाशसिंह धामी बताउँछन्। ‘लकडाउनपछि यहाँका करिब ८० प्रतिशत व्यापारी फर्किएनन्, मानिसको आउजाउ पनि छैन,’ उनले भने। भारतीय बजारबाट आयात हुने सानो परिमाणको सामानमा पनि कर निर्धारण गरेदेखि चहलपहल घटेको उनी सुनाउँछन्।

कुनै समय सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाको सीमा बजारको रूपमा झुलाघाट बजारमा निकै चहलपहल हुने गरेको थियो। नेपाली उत्पादन पनि निर्यात हुने गरेको थियो। तर कोरोनाकालपछि यहाँको बजार निकै सुस्ताएको छ। यहाँका अधिकांश व्यापारी पलायन भइसकेका छन्। कोरोनाकालदेखि पहिलेको समयमा करिब ७५ भन्दा बढी व्यवसायी पसलहरू रहेको झुलाघाटमा २५ पनि नरहेको महाकाली भन्सार कार्यालय झुलाघाटले जनाएको छ।

सरकारले बेलाबेला झुलाघाटमा मोटरेबल पुल निर्माणको कुरा उठान गरेको छ। अपेक्षाअनुसार कुनै गतिविधि नभई रहँदा यहाँको व्यवसायी निराश छन्।झुलाघाट बजारमात्रै नभई सुदूरपश्चिमकै आर्थिक समृिद्धसँग जोड्नको लागि झुलाघाटमा पुल निर्माण गर्न आवश्यक रहेको सरोकारवाला निकायको भनाइ छ।

 

Couple
Loading...