


धनगढी- धनगढीमा जारी सुदूरपश्चिम महोत्सव अब ५ गतेसम्म सञ्चालन हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा भइरहेको महोत्सवमा तीन दिन थप गरि ५ गतेसम्म सञ्चालन हुने भएको हो ।


महोत्सव सचिवालयका अनुसार सुदूरपश्चिम महोत्सव दर्शकहरुको मागलाई मध्यनजर गर्दै पुस ५ गते सम्म संचालन हुने जानकारी गराईएको छ । उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव गर्दै आएको छ ।

