कञ्चनपुर र कैलालीमा सीमास्तम्भहरुको सशस्त्र प्रहरीले मर्मत गर्दै

धनगढी– भारतसँग सीमा जोडिएको कञ्चनपुर र कैलालीमा सीमास्तम्भहरुको मर्मत गर्ने काम भइरहेको छ। सशस्त्र प्रहरी बलले कञ्चनपुर र कैलालीमा सीमास्तम्भहरूको मर्मत गर्दै आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणले भारतसँग जोडिएका सीमास्तम्भको मर्मत गर्दै आएको हो । नेपाल-भारत कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजार सीमापिलरदेखि मर्मत गर्ने काम सुरु भएको हो ।

Navadurga sun

सुदूरपश्चिम प्रदेश वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले सरकारले दिएको जिम्मेवारीअनुरूप कञ्चनपुर र कैलालीका सीमास्तम्भको एकसाथ मर्मत गर्ने काम भइरहेको बताए ।

सन २०१४ देखि यता निर्माण भएका सीमास्तम्भको मर्मत, रंगरोगन एवं पुनर्निर्माण गर्ने काम भइरहेको उनले बताए । सीमास्तम्भको निर्माण मर्मत सम्भार र पुनरस्थापना सम्बन्धी मापदण्ड २०८० अनुरूप नेपालका तर्फबाट बिजोर सीमापिलर पुनर्निर्माण गर्ने काम भइरहेको छ । सीमापिलर मर्मत कार्यबाट दुवै देशका सीमास्तम्भलाई स्पष्ट पारिदिने सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले मंसिर १८ गतेदेखि नेपालको भागमा परेका बिजोडा सीमापिलरहरुको मर्मत गर्ने काम भइरहेको बताए । रावलले कञ्चनपुरमा कुल ६६ सीमास्तम्भको पुनर्निर्माण र मर्मत सम्भार गर्ने काम भइरहेको बताए । उनका अनुसार रंगरोगन गर्नुपर्ने ३०, सामान्य मर्मत १६, मध्यमस्तरको मर्मत १७ र पूणर् मर्मत ३ पिलर रहेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका-११ डोकेबजार देखि पुनर्वास, बेलौरी, बेलडाँडी, शुक्लाफाँटा राष्ट्रिय, दोधारा-चाँदनी र भीमदत्त नगरपालिका ब्रह्मदेव सम्म मर्मत कार्य आगामी फागुनसम्मै सञ्चालन हुनेछ । सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरमा १ सय ६९ वटा बिजोर नम्बरका सीमास्तम्भको मर्मत तथा रङरोगन गर्न काम सुरु गरिसकेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका अनुसार कैलालीमा बिजोर नम्बरका एक सय तीनवटा सीमास्तम्भको मर्मत तथा रङरोगन गर्ने काम भइरहेको छ ।

कैलालीमा भारतसँग जोडिएको एक सय एक किलोमिटरभन्दा लामो खुला सिमाना छ । केही सीमास्तम्भ हराएका र नदीमा बगेका छन् । तर, हराएका ठाउँमा नयाँ स्तम्भ राख्ने काम हुन सकेको छैन । गत बर्खामा धनगढीमा मात्र दुईवटा सीमास्तम्भ नदी कटानमा बगेका थिए । हराएका सीमास्तम्भको विवरण नापी विभागबाट प्राप्त नभएको सशस्त्र प्रहरी ३४ नम्बर गणले जनाएको छ ।

ADD Khali jpg
Loading...