सुदूरपश्चिममा सशक्त महिला, समृद्ध नेपाल परियोजना सुरु

धनगढी– सुदूरपश्चिममा सशक्त महिला, समृद्ध नेपाल परियोजना सुरु भएको छ । प्रदेशका १० वटा स्थानीय तहहरूमा परियोजनाले काम गर्ने भएको हो ।

परियोजनाले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कञ्चनपुरको बेलौरी नगरपालिका, डोटीको दीपायल-सिलगढी नगरपालिका, जोरायल गाउँपालिका, बाजुराको बडिमालिका नगरपालिका, बझाङको मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र दुर्गाथली गाउँपालिकामा काम गर्ने छ । नेपाल सरकारको सहकार्यमा युरोपेली संघ र संयुक्त राष्ट्र संघका चार एजेन्सी आइएलओ, युएनएफपीए, युनिसेफ र युएन ओमनको साझेदारीमा प्रदेशका १० स्थानीय तहमा परियोजना लागु गरिएको हो ।

Malpot office dadeldhura

धनगढीमा आयोजना गरिएको प्रादेशिक शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले परियोजना लागु भएको घोषणा गरेका थिए ।

सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा सञ्चालन हुने परियोजना अन्तर्गत सामाजिक मूल्य, मान्यता र लैंगितामा आधारित हिंसा रोकथाम, महिलाको आर्थिक सशक्तीकरण, महिला नेतृत्व,प्रतिनिधित्व, लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अध्यक्षतामा परियोजना सञ्चालन समिति गठन गरिएको छ । उक्त समितिको सहअध्यक्ष ईयु, युएनआरसीओ रहेका छन् भने प्रदेश स्थित सामाजिक विकास मन्त्रालय, संयुक्त राष्ट्र संघका चार वटै निकाय, राष्ट्रिय योजना आयोग लगायतका निकाय सदस्य रहेका छन् । परियोजना शुभारम्भ कार्यक्रमका सहभागीहरूले महिला सशक्तीकरणका लागि जीविकोपार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...