कैलालीबाट भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका ३, र १० को बनकट्टीघाट तथा कैलारी गाउँपालिका ३ निमुवाबोझीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको छ ।

अन्दाजी २१ हजार ९ सय ५० मूल्य बराबरको चिनी, चामल, प्लाष्टिक, माछा, बोईलर कुखुरा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहीवारको प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।

Loading...