कञ्चनपुर– कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक को मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका-१६ मझगाँउका २३ वर्षीय दिपेन्द्र भण्डारीको मृत्यु भएको हो ।



भीमदत्त नगरपालिका-१५ गोबरिया स्थित महेन्द्रनगर-मझगाँउ सडक खण्डमा म २ प ३१६९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिन गई बिहीबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।


दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्याउदा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको प्रवक्ता डाँगीले जानकारी दिए ।





