धनगढीमा एक घरमा आगलागी

धनगढी- कैलालीको धनगढीमा एक घरमा आगलागी भएको छ । धनगढी उप-महानगरपालिका-७ मनेहराका गजेन्द्र बहादुर बमको एक तले पक्कि घरमा विद्युतको तार सर्ट भर्ई बिहीवार दिउँसो आगलागी भएको हो ।

Malpot office dadeldhura

आगलागी हुँदा घर भित्र रहेका काठको कुर्सी, खाट, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको छ । आगलागी बाट अन्दाजी ८ लाख बराबरको क्षति भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।

उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...