कैलालीको सीमा नाकामा कानुन मन्त्री भट्टको निरीक्षण, सशस्त्र प्रहरीलाई कम्प्युटर हस्तान्तरण

धनगढी- सुदूरपश्चिम प्रदेशस्थित सिमानाकामा रहेका सशस्त्र र प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ। विशेष गरी बढी आवतजावत हुने नाकाहरूमा सशस्त्रलाई प्रविधिमैत्री बनाउन थालिएको हो।

जसमा आज (बुधवार) मात्रै सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डिआइजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ।

Navadurga sun

कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाका लागि १/१ थान उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो। यस्तै सिमानाकाको तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरणका लागि मन्त्रालयले सफ्टवेयर पनि निर्माण गरिरहेको जनाएको छ।

त्यस्तै सीमा सुरक्षालाई चुस्त बनाउन प्रदेशले मात्र नसक्ने भएकाले संघ सरकारले नै आवश्यक स्रोत साधन व्यवस्थापन गर्नुपर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रीको भनाई छ। सोही क्रममा मन्त्रीसहितको टोलीले त्रिनगरको सीमा नाकामा रहेको नागरिक सहायता कक्षको पनि अनुगमन गरेको छ ।

ADD Khali jpg
Loading...