टीकापुरमा महिला मृत अवस्थामा फेला

Dadeldhura hospital

कैलाली- कैलालीको टीकापुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। टिकापुर नगरपालिका–५ झन्झटपुरस्थित रानी कुलोमा सोही ठाँउ बस्ने ८५ वर्षीया धनसरा देवी शाह सोमवार दिउँसो मृत अवस्थामा फेला परेकी हुन्।

उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

Navadurga sun
Godawari sandesh
Loading...