कैलालीमा ११ वर्षीया बालिका बलात्कृत

Dadeldhura hospital

कैलाली- कैलालीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । १३ वर्षीय एक बालकले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । २० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमवार जाहेरी दर्ता भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । ‘घटना निकै संवेदनशील छ दुबै नाबालिक छन्’ उनले भने ‘जाहेरी आएको छ हामी अनुसन्धान गरिरहेका छौँ ।’ स्वास्थ्य परीक्षण गरेर कानुनी प्रक्रिया अगाडि बढिरहेको उनले बताए ।

 

Navadurga sun
Godawari sandesh
Loading...