निःशुल्क ३ महिने आल्मुनियम फेब्रिकेटर तालिमको उद्घाटन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा ३ महिने निःशुल्क आल्मुनियम फेब्रिकेटर तालिमको उद्घाटन भएको छ । गोदावरी नगरपालिकाको संचालनमा र व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी कैलालीको आयोजनामा हुन लागेकाे उक्त तालिमकाे उद्घाटन गाेदावरी नगरपालिकाका नगर उप प्रमुख शारदा देवी राेकायाले गरेकी हुन् ।

यस केन्द्रका केन्द्र प्रमुख भुवनराज पन्तको समापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर उप प्रमुख शारदा देवी रोकाया रहेकी थिइन ।

Navadurga sun

त्यस्तैगरी विशिष्ठ अतिथीमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट रहेका थिए भने अतिथीमा कार्यापालिका सदस्य चन्द्रा नेपाली, रोजगार सहायक रक्षा फुलारा, प्रशिक्षक धन कुमार चौधरी लगायत तालिम सिक्ने प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा कार्यापालिका सदस्य चन्दा नेपालीको शुभकामना मन्तव्यकाट सुरु भएको कार्यक्रमको संचालन रोजगार संयोजक रोहित प्रसाद जोशीले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...