गोदावरीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

Bhancha ghar0

अत्तरिया- कैलालीको स्याउलेमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका-८ स्थित भित्रि सडक खण्डमा सुपप्र०१००१ ह ३४८४ नम्बरको अटो रिक्सा आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा शनिबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम राजमार्ग सुरक्षा तथा ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । अटोमा अन्य व्यक्ति भने सवार नरहेको प्रहरीले जनाएको छ ।

Loading...