समाजवादी प्रेस सङ्गठनको सुदूरपश्चिम अध्यक्षमा सिंह

धनगढी- समाजवादी प्रेस सङ्गठनको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हिक्मत बहादुर सिंह निर्वाचित भएका छन्। शनिवार धनगढीमा सम्पन्न प्रथम अधिवेशनबाट सिंह सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

Bhancha ghar0

त्यस्तै उपाध्यक्ष तपेन्द्र कुवर, शर्मिला रोकाय, महासचिव डिल बहादुर सिंह, सचिव सन्तोष प्रसाद जैसी, कोषाध्यक्ष समीक्षा जोशी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरू उमेश शाही, जनक थापा, निशा साउद, पवन बोहरा, सोहिता बोहरा, पुरुषोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउद र राजेन्द्र विक निर्वाचित भएका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, संगठनका केन्द्रीय अध्यक्ष बिष्णमणी सुवेदी लगायतको उपस्थितिमा शनिबार प्रथम अधिवेशन सम्पन्न भएको हो ।

Loading...