भोली आइतबार सुदूरपश्चिम महोत्सवमा गायिका एलिना चौहान र गायक उर्गेन डोङ आउदै

धनगढी- सुदूरपश्चिम महोत्सवको तेस्रो दिन भोली (आइतबार) चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ । शनिबार चर्चित कलाकार शान्ति श्री परियार र प्रताव दासले दर्शक हरुलाई मनोरञ्जन गराएका थिए ।

भोलि (आइतबार) को कार्यक्रममा चर्चित गायिका एलिना चौहान र गायक उर्गेन डोङ आउने कार्यक्रम रहेको संयोजक मिलन कुँवरले जानकारी दिए । त्यसैगरी स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने संयोजक कुँवरले जानकारी दिए ।

मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आर्कषण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

Loading...