नयाँ फिल्मका लागि महेश बाबुले ५५ करोड भारू लिने

एजेन्सी– दक्षिण भारतीय अभिनेता महेश बाबु हाल ‘सरकारु वारी पाटा’ फिल्मको काममा व्यस्त छन्। यसैबीच उनले निर्देशक त्रिविक्रम निवासको नयाँ फिल्मका लागि लिएको महँगो पारिश्रमिकको खबर भारतीय सञ्चार माध्यममा छाएको छ। बलिउड लाइफ अनुसार उनले निर्देशक त्रिविक्रम निवासको आगामी फिल्मका लागि ५५ करोड भारू पारिश्रमिक लिने भएका छन्। उनले एउटै फिल्मका लागि ५५ करोड भारु लिने भएका छन् ।

निर्देशक त्रिविक्रम निवास र अभिनेता महेश बाबुबीच ‘अथडु’ र ‘खलीजा’पछिको यो तेस्रो सहकार्य हो। गत मे महिनामा घोषणा गरिएको यो तेस्रो फिल्म चाँडै फ्लोरमा जाने बताइएको छ। उनीहरुले ११ वर्षपछि फेरि एक पटक सँगै काम गर्न लागेका हुन्। खबर अनुसार फिल्मको नाम ‘पार्थु’ राखिएको छ जसबारे आधिकारिक रुपमा पुष्टि हुन बाँकी छ।

Navadurga sun

तेलुगू सुपरस्टार महेश बाबुले सबैभन्दा धेरै कमाइ गर्ने अभिनेतामध्ये एक हुन्। उनले निर्देशक श्रीविक्रम निवासको आगामी फिल्मका लागि पाउन लागेको रकम चलनचल्तीको पारश्रमिकभन्दा धेरै हो। एस राधाकृष्णद्वारा हारिका र हस्सिन क्रिएसन्सको ब्यानरमा बन्ने यो फिल्ममा महेश बाबुसँग अभिनेत्री पूजा हेगडे मुख्य भूमिकामा देखिने छिन्।

हाल महेश व्यस्त रहेको परशुरामद्वारा निर्देशित ‘सरकारु वारी पाटा’ एक्सन थ्रिलर फिल्म हो। यसमा अभिनेत्री कीर्ति सुरेश र भेन्नेले किशोर, सुब्बराज आदि प्रमुख भूमिकामा छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...