

बैतडी– बैतडीमा गएको असोजमा बेपत्ता भएकी कल्पना महराको शव भेटिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ घर भएकी २० बर्षीया कल्पना महरा असोज २५ गतेदेखि बेपत्ता रहेकी थिइन् ।



घरबाट गोठालो गएकी कल्पनाको शव सुर्नया-८ स्थित कैलपाल सामुदायिक वनभित्रको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । कल्पना खर्सुको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।


बुधवार कल्पनाको शव फेला परेको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकेको प्रहरी निरीक्षक केसीले बताए । यसअघि विभिन्न ठाउँमा कल्पनाको खोजी गरिएको थियो । खोजी गर्दै जाँदा घना जंगलको बिचमा स्थानीयहरूले कल्पनाको शव फेला पारेका थिए ।
कल्पनामा कहिलेकाहीँ बेहोस हुने र मुर्छा पर्ने लक्षणहरू समेत देखिने गरेका थिए । कल्पनाले किन आत्महत्या गरिन् भन्ने विषयमा केही खुलेको छैन् ।

