समाजसेवी ऐरको पहलमा सुदूरपश्चिमेली नेपाली समाज साउदी अरबद्वारा शैक्षिक सामाग्री वितरण

डोटी- डोटीको जोरायल गाउँ पालिका वडा नं १ मा रहेको घण्टेश्वर आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

घण्टेश्वर आधारभूत विद्यालयको ६६ औं बार्षिकोत्सबको अवसरमा सुदूरपश्चिमेली नेपाली समाज साउदी अरबद्वारा अति नाजुक कक्षा १ देखी कक्षा ८ सम्मका ७६ जना विद्यार्थीहरूलाई ट्रयाक सुट, कपि पेन, स्कुल ब्याग लगायत शैक्षिक सामाग्री बितरण गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुदूरपश्चिमेली नेपाली समाज साउदीका उपाध्यक्ष चक्र मल्लको बिशेष पहलमा सुदूरपश्चिमेली नेपाली समाज साउदीका अध्यक्ष खेमराज भट्ट लगायत उहाँको टिमको सहयोगमा ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल संस्थाकी अध्यक्ष समाजसेवी चादनी ऐरको समन्वय र घण्टेश्वर आधारभूत विद्यालयका प्रध्यानाध्यापक मान बहादुर मल्लको सहकार्यमा वितरण गरिएको समाजसेवी चादनी ऐरले जानकारी दिइन् ।

अति बिकट गाउँको स्कुलमा सहयोग लगेर पुग्दा स्कुलको तर्फबाट सुदूरपश्चिमेली नेपाली समाज साउदी, अध्यक्ष खेमराज भट्ट, उपाध्यक्ष चक्र मल्ल, समाजसेवी चादनी ऐर लगायत सहयोग गर्ने सम्पूणर्लाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । उक्त कार्यक्रममा डा. कृष्ण दत्त जोशी बोक्सर, प्रवेश केसि, बिमल मल्ल लगायतको उपस्थित रहेको थियो ।

Loading...